पोखरामा ब्राउनसुगरसहित तीन जना प्रकाउ
पाेखरा | कात्तिक २०, २०८०
पोखरा: पोखरामा लागूऔषध (ब्राउनसुगर)सहित तीन जना युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका २१ कश्यारघाटमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार तीन जना युवालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्रामसहित प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा पोखरा महानगर १७ बस्ने २१ वर्षीय कौशल पुन मगर, पोखरा १३ बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ बस्ने २१ वर्षीय अनिस सुनार प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका तीनजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

